आरडिटी परीक्षणमा २६७ जनाको रिपोर्ट यस्तो आयो

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा गरिएको -यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणबाट २६७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिका, नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट २६७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार नलगाड नगरपालिकामा ४३, बारेकोट गाउँपालिकामा ५५, भेरी नगरपालिकामा ८४, छेडागाड नगरपालिकामा २४ र जुनिचाँदे गाउँपालिकामा ६१ जनाको परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको हो ।

भारत, खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकालाई उनीहरूकै घरमा गएर द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए। अन्य परीक्षणका लागि प्रदेशबाट किट मागेको र आउनेबित्तिकै जाजरकोटमा करिब ५०० स्थानीयवासीको नमूना जाँच हुने उनलेले बताए।

कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले ¥यापिड टेस्ट किटमार्फत कोरोनाको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन शुरु गरेको छ । ¥यापिड टेस्टमा कोरोना पोजिटिभ देखिए थप परीक्षणका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परीक्षण गरिनेछ । परीक्षणका लागि प्रदेश सरकारले ३०० ¥यापिड टेस्ट किट पठाएको छ । प्रतिपालिका बढीमा ६० किट लिएर स्वास्थ्यकर्मीको टोली शङ्कास्पद खोज्दै गाउँ पुगेका छन् ।

त्यस्तै छिमेकी जिल्ला डोल्पामा कोरोना भाइरस द्रुत परीक्षण गर्ने किट र उपकरण पुगेको छ । कोरोनाको परीक्षण स्थानीय तहबाट शुरु गरिने भएको हो ।

कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डा. सिजन रावलले जानकारी दिए। उनले स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाको परीक्षण गर्न निर्देशन दिएको बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?