सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन्।
सरकारले आवतजावत बन्दको घोषणा गरे पनि खुला सीमाका कारण जोखिम बढेको विज्ञको भनाइ छ। नाकाको आवागमन जोखिमपूर्ण भएको उल्लेख गर्दै विज्ञले पछिल्लो संक्रमणले तेस्रो चरणमा प्रवेश गरेको संकेत भएको बताएका छन्।
कोरोना भाइरस समुदाय तहमा फैलिएको अवस्थामा तेस्रो चरणमा प्रवेश गरेको मानिन्छ। संक्रमितबाट समुदायमा फैलिएको पुष्टि भए तेस्रो चरणमा प्रवेश गरेको हुन्छ।
बरिष्ठ श्वासप्रश्वास एवं सघन उपचार (आइसीयु) विज्ञ डा. अर्जुन कार्कीले पछिल्लो अवस्थाले कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा जाने संकेतका रूपमा लिन सकिने बताए। उनले भने, ‘लकडाउनको घोषणा सँगै सरकारले सतर्कताका प्रयत्नहरू नअपनाएको भए धेरै अघि विष्फोट हुन सक्थ्यो। असावधानी र लापरवाहीका कारण नेपालमा पनि विष्फोट हुन सक्छ। कति ठूलो र कतिखेर विष्फोट हुन्छ भन्ने मात्र हो।’
डा. कार्कीले भने, ‘भुसको आगो जस्तो हुने संभावना प्रबल छ। अहिले नै आत्तिहाल्नु पर्दैन। संक्रमण हुने बित्तिकै कोही मर्ने पनि होइन।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया