आज आकाशमा दुर्लभ संयोग देख्न सकिने

काठमाडौं । विश्व यो समयमा कोरोना भाइरसको महामारीले त्रस्त छ । यसै समयमा आकाशमा अद्भुत खगोलीय दृश्यहरु देखा परिरहेका छन् । यहि अनौठो संयोग आकाशमा आज देखिने भएको छ ।

आज आकाशमा अर्ध चन्द्रको साथसाथै तीन ग्रहको संगम देखिने भएको छ । यसलाई वैज्ञानिकहरु क्रेसेन्ट मून भन्ने गर्दछन् ।

जसले आकाशमा चम्किलो प्रकाश देखिन्छ । फोटोग्राफीका सौखिनहरु र खगोलिय घटना हेर्न मन हुनेहरुका लागि आज आकाशमा अद्भूत दृश्य देख्न सकिन्छ ।

अर्धचन्द्रको साथै तीन चम्किला ताराहरु मंगल, शनि तथा वृहस्पति आज आकाशमा चम्किने छन् । यो देख्न अत्याधिक आकर्षक हुने खगोल शास्त्रीहरु बताउँछन् ।

यसलाई टेलिस्कोपको माध्यमबाट देख्न सकिन्छ । अप्रिल महिनाभर बिभिन्न दुर्लभ खगोलीय घटना देख्न सकिने खगोलविदहरु बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?