चितवनमा २ जनामा कोरोना पोजेटिभ पुष्टि, नेपालमा संक्रमित १८ पुगे

काठमाडौं । चितवनका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ ।

भरतपुरमा रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालाले ती दुई जनाको बिहीवार राती कोरोना पोजिटिभ आएको नतिजा देखाएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब परीक्षणको लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको थियो ।

पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित दुबै परुष रहेको जनाइएको छ । भने अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।

हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा अब १८ जना पुगेका छन् । भने १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?