काठमाडौं । अमेरिकाको भर्जिनियाका पादरी जेराल्ड ग्लेनका चार आफन्तमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । केही दिनअघि कोरोना संक्रमणकै कारण उनको निधन भएको थियो ।
चेस्टरफिल्डस्थित न्यु डेलिभरेन्स इभान्जेलिस्टीक चर्चका बिसोफ जेराल्ड ग्लेनले कोरोना भाइरसको महामारी चलिरहेका बेला पनि मानिसहरु भेला गरेर प्रार्थना गरिरहेकै थिए । ‘यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठूलो हुनुुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ,’ २२ मार्चमा उनले प्रार्थनाका कारण आफ्नो मन्तव्य राख्दै भनेका थिए ।
उनले आफूलाई मृत्युसँग डर नभएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया