र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका हेटौंडाका चारजनाको रिपोर्ट ‘नेगेटिभ’

हेटौंडा – हेटौंडा उपमहानगरपालिका ४ मा र्‍यापिड डाइग्नोस्टिक टेष्ट आरडीटी टेष्ट मा कोरोना पोजेटिभ रिपोर्ट आएका ४ जनाको पिसिआर विधीबाट टेष्ट गर्दा कोरोना नेगेटिभ देखाएको छ ।

सरकारले ८ जिल्लाबाहेक अरु सबै जिल्लामा दुई तरीकाबाट नमूनाहरुको जाँच गरिरहेको छ । तीन जना पुरुष र एकजना महिलाको हेटौंडा अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको अस्पताल जनाएको छ ।

आरडीटी टेष्टमा पोजेटिभ देखिएकी महिला भारतकी हुन् । उनी हेटौंडा ४ मा आफन्तको घरमा आएकी थिइन् । आरडीटी टेस्टमा पोजेटिभ देखिएका अन्यमा भारतबाट फर्किएका ६७ वर्षका हेटौंडा उपमहानगरपालिका २ का पुरुष, भारत बैंग्लोरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षीय युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षीय युवक रहेका छन् ।

यसअघि पनि र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिहरुको पिसीआर प्रविधीमार्फत् जाँच गर्दा नेगेटिभ अर्थात् कोरोना नभएको पाइएको थियो ।

हेटौँडा अस्पतालमा छुट्टै नोबेल कोरोना उपचार कक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?