पैदल हिँडेर घर गइरहेका मानिसहरुलाई सहयोग गर्न तरुण दलको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले लकडाउनका कारण हिँडेर घर गइरहेका मजदुरहरुलाई आवश्यक सहयोग गर्नको लागि सरकारसँग माग गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरेकाले धेरै मजदुरहरु त्यसको मारमा परेको र उनीहरुको आवश्यक व्यवस्था गर्नका लागि पहिले पनि पटक पटक ध्यानाकर्षण गरेको जनाएको छ ।

यसैक्रममा शुक्रवार एक विज्ञप्ती जारी गर्दै दरुण दलका अध्यक्ष जितजंग बस्नेतले घरतर्फ पैदल जाँदै गरेका मजदुरलाई खाने–बस्ने प्रबन्ध मिलाउन तरुण दलका नेता–कार्यकर्ताहरूसँग समेत आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमार्फत आग्रह गर्दै भनेका छन्, “नेपाल तरुण दलका सम्पूर्ण साथीहरूले आ आफ्नो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गत्तव्यतर्फ गइरहेका मजदुरहरूका लागि ठाउँ–ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ,” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?