मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेपछि सेयर बजार पनि सोही दिनसम्म बन्द हुने भएको छ ।
चैत १० गतेदेखि सेयर बजार बन्द छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले लकडाउनको अवधि थप भएसँगै स्वतः सेयर बजार पनि बन्द हुने बताएका छन् ।
नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका अनुसार बजार सकेसम्म खुलाउने पक्षमा थिए । तर, बुधबार सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया