लकडाउनका कारण सर्वसाधारण घरबाहिर निस्किन बन्देज भइरहेका वेला विद्युत् प्राधिकरणले भने चैतको बिजुली बिल जारी गरेको छ ।
महसुल रकम वैशाख मसान्तभित्र तिरिसक्नुपर्नेछ अन्यथा जरिवाना लाग्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कर्मचारी फिल्डमा नगई ग्राहकले फागुनमा उपभोग गरेको बिजुलीकै आधारमा चैत महिनाको पनि बिलिङ
गरिदिएको हो ।
अवस्था सहज भएपछि घरघर गएर मिटर रिडिङ गरी हिसाब मिलान गर्ने गरी हाललाई अस्थायी बिलिङ गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘पछि हिसाब मिलान गर्ने गरी अनलाइनबाटै फागुन महिनाकै जति बिल भुक्तानी गर्न सूचना जारी गरिएको हो,’ उनले
भने । उनले औद्योगिक ग्राहकका हकमा भने फिल्ड गएर मिटर रिडिङ गरी बिल जारी गर्ने जानकारी दिए ।नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया