कालोबजारी गरेको अभियोगमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल भएको छ ।
लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेका अग्रवाल प्रहरी फन्दामा परेपनि उनलाई बचाउन शक्तिकेन्द्र लागिरहेको सरकारी अधिकारीले बताएका छन् । राजधानी दैनिकमा खबर छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले उनलाई ३ हजार ५ सय रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्दै गरिरहेको अवस्थामा २५ चैतमा रंगेहात पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।
‘अग्रवाल र उनका निकटले यस प्रकरणलाई सामसुम पार्न शक्तिकेन्द्र र सरकारका विभिन्न निकायलाई प्रभावमा पार्न निकै दौडधुप गरिरहेका छन्,’ स्रोतले भन्यो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले पनि अग्रवाललाई छुटाउन शक्तिकेन्द्रबाट ठूलै प्रयास भइरहेको बताए । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले अग्रवालको मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप भई अनुसन्धान प्रक्रिया जारी राखिएको बताए ।
अग्रवालको बदमासी
– महामारीको समयमा कालोबजारी
– भ्याट छली
– फिडरलाइनमा अनियमितता
– गुणस्तरहीन वस्तु उत्पादन गर्दै ठगी
– विद्युत् प्राधिकरणमा २ अर्ब ६५ करोड रुपैयाँ बक्यौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया