अब काठमाडौँका पार्टी प्यालेसमा तरकारी बजार !

काठमाडौं महानगरपालिकाले महानगरका पार्टी प्यालेसलाई अस्थायी तरकारी बजार बनाउने भएको छ । कान्तिपुरमा खबर छ ।
कालीमाटीका व्यापारीहरुले खुला चोकमा पसल नराखेपछि पार्टी प्यालेसलाई अस्थायी बजार बनाउन महानगरसँग छलफल गरिरहेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए ।

प्रयोगहीन रहेका पार्टी प्यालेसलाई अस्थायी तरकारी बजारका रुपमा प्रयोग गर्न छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?