अमेरिकामा कोरोना संक्रमित ६ लाख ७७ हजार नाघे, सबैभन्दा बढी संक्रमित न्यूयोर्कमा

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड १९ ) को कारण अमेरिकामा ६ लाख ७७ हजार ५ सय ७० जना संक्रमित भएका छन् । वोल्डोमिटरको अनुसार अमेरिकामा कोरोना भाइरसको कारण ३४ हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने ५७ हजार ५ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले कोरोना संक्रमित भएर ५ लाख ८५ हजार ४ सय ४५ जना उपचाररत छन् जसमा ३ हजार ३ सय ६९ जनाको अवस्था गम्भिर छ ।

कोरोनाको कारण अमेरिकामा न्यूयोर्क राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यहामात्र २ लाख २६ हजार १ सय ९८ जना संक्रमित रहेको वोल्डोमिटरले जनाएको छ । १६ हजार १ सय ६ जनाको न्यूयोर्कमा मात्र मृत्यु भइसकेको छ । यसैगरी न्यूजर्सी राज्यमा ७५ हजार ३ सय १७ जना संक्रमित रहेका छन् ३ हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?