न्यूयोर्कमा लकडाउनको समय लम्बियो

काठमाडौँ । अमेरिकाको न्यूयोर्क राज्यमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनको समयअवधी थप गरिएको छ । कोरोना संक्रमण अझै नरोर्किपछि
न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले मे १५ सम्म लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् । पछिल्लो २४ घण्टामा न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा केरी कमी आएपनि नया संक्रमण रोकिएको छैन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ भने २१ लाख ६४ हजार ९ सय ६६ जना कोरोना संक्रमणको शिकार भएका छन् । तीमध्ये ५७ हजार जनाको अवस्था गम्भिर रहेको छ । साथै ५ लाख ४६ हजार २ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर ७८ हजार भन्दाबढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भने यो समाचार तयार पार्दासम्म विश्वभर ५ हजार ६ सय ९४ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकामा हालसम्म ३३ हजार ८ सय ७५ जनाको कोरोनको कारण ज्यान गएको छ । हालसम्म अमेरिकामा ६ लाख ६६ हजार ९ सय ४९ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

इटालीमा कोरोनाको कारण अहिलेसम्म २२ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् । भने १ लाख ६८ हजार ९ सय ६१ जना संक्रमित रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?