काठमाडौ । कोरोना भाइरसको उद्गम थलो चीनमा कोरोनाको नया संक्रमण पछिल्लो २४ घण्टामा ४६ जनामा देखिएको छ । ८२ हजार ३ सय ४१ कोरोना संक्रमित रहेका चीनमा ७७ हजार ८ सय ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ११ सय ७ जना अहिलेपनि कोरोना संक्रमणको उपचाररत छन् । जसमा ९५ जनाको अवस्था गम्भिर रहेको छ । कोरोनाको कारण चीनमा अहिलेसम्म ३ हजार ३ सय ४२ जनाको मृत्यु भइसकेको छ । तर पछिल्ला दिनहरुमा चीनमा कोरोना संक्रमणको दर एकदमै न्यून रहेका छ भने निको भएर घर फर्कने दर उच्च रहेको छ । यसैगरी यो समाचार तयार पार्दासम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ भने २१ लाख ६४ हजार ९ सय ६६ जना कोरोना संक्रमणको शिकार भएका छन् ।
ती मध्ये ५७ हजार जनाको अवस्था गम्भिर रहेको छ । साथै ५ लाख ४६ हजार २ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा विश्वभर ७८ हजार भन्दाबढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भने यो समाचार तयार पार्दासम्म विश्वभर ५ हजार ६ सय ९४ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।
त्यस्तै अमेरिकामा हालसम्म ३३ हजार ८ सय ७५ जनाको कोरोनको कारण ज्यान गएको छ । हालसम्म अमेरिकामा ६ लाख ६६ हजार ९ सय ४९ जना कोरोना संक्रमणको शिकार भएका छन् ।
इटालीमा कोरोनाको कारण अहिलेसम्म २२ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् । भने १ लाख ६८ हजार ९ सय ६१ जना संक्रमित रहेको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया