कोरोना अपडेट: मृतकको संख्या १ लाख ४३ हजार नाघ्यो, ५७ हजार भन्दा धेरैको अवस्था गम्भिर

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ ।  भने २१ लाख ४४ हजार ८ सय ८६ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

ती मध्ये ५७ हजार २ सय ६७ जनाको अवस्था गम्भिर रहेको छ । साथै ५ लाख ४३ हजार २ सय ७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजमात्र विश्वभर ५८ हजार ४ सय ५५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । भने यो समाचार तयार पार्दासम्म विश्वभर ४ हजार ६ सय ६१ जनाले आजमात्र ज्यान गुमाएका छन् ।

त्यस्तै अमेरिकामा हालसम्म ३३ हजार ८ सय ७५ जनाको कोरोनको कारण ज्यान गएको छ । हालसम्म अमेरिकामा ६ लाख ६६ हजार ९ सय ४९ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

इटालीमा कोरोनाको कारण अहिलेसम्म २२ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् । भने १ लाख ६८ हजार ९ सय ६१ जना संक्रमित रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?