‘सीता श्री’ ग्यास उद्योग लकडाउनमै संचालनमा

काठमाडौं । आइतबार ग्यास बिक्रीका लागि अनुमति पाएको सीता श्री ग्यास उद्योगले लकडाउनमै ग्यास बिक्रि वितरण सुरु गरेको छ ।
४० करोड लगानी मा धादिङको धुनिवेशी नगरपालिका पिपलबोटमा स्थापना भएको ‘सीता श्री’ ग्यास उद्योग ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अहिले काठमाडौंमा २२ वटा कम्पनीका ग्यास बिक्री हुँदै आएको छ । ‘सीता श्री’ ग्यास उद्योगले समेत अब काठमाडौंको बजारमा प्रतिस्पर्ध गर्नेछ । यसका साथै सुदुरपश्चिममा स्थापना भएको साइपाल ग्यास उद्योगले पनि बिक्रीका लागि अनुमति प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?