काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ ।
कोरोनाको महामारीबाट संक्रमित नर्सको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । नर्सले एक स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।
शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । बुधवार बेलुका बेलायतको एक अस्पतालले यस बारेमा जानकारी दिएको हो ।
अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा डेढसय भन्दा धेरै डाक्टर तथा स्वास्थ्यकर्मीहरुको मृत्यु भईसेकेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया