काठमाडौं । भारतमा पिज्जा डेलिभरी गर्ने एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । त्यससँगै राजधानी शहर दिल्लीमा ७० जना व्यक्तिलाइ क्वारेन्टाइनमा राखिएको छ । तर कसैको पनि कोरोना परीक्षण नगरिएको त्यहाँको सञ्चारमाध्ययमले जनाएका छन् ।
ती सबै व्यक्तिलाई होम क्वारेन्टाइन गरिएको छ र यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिने जनाइएको छ ।
भारतमा मे ३ सम्म लकडाउन गरेको छ । साथै दैनिक उपभोग्य बस्तुको आपुर्तीका लागि भने कुनैकिसिमको रोकावट गरिएको छैन् । भारत हालै कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४२३ जनाको मृत्यु भइसकेको छ । भने १२ हजार ७ सय ५६ जनामा नयाँ संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया