र्‍यापिड टेष्टमा बुढानिलकण्ठकी एक महिलामा देखियो कोरोना पोजेटिभ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ-९ की एक महिलाको र्‍यापिड टेष्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। इटालीबाट फर्केकी ३१ वर्षीया महिलामा त्यस्तो देखिएको हो ।

ती महिलाको बुधबार गरिएका र्‍यापिड टेष्टमा महिलामा एन्टीबडी पोजेटिभ देखिएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । साथै उनलाई बुधवार साँझ नै टेकु अस्पतालमा राखिएको छ ।

एन्टीबडी पोजेटिभ देखिएकी ती महिला २८ दिन अघि मात्र इटालीबाट आएको बताएकी छिन् ।

उनको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि टेकु पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?