तीन जनाको स्वाब धुलिखेल अस्पताल पठाइयो

दोलखा . दोलखाको तीन स्थानबाट २७ जनामा गरिएको यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाको तीन स्थानीय तहले विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका र २१ दिन नपुगेका २७ जनाको बुधवार आरडिटी प्रविधिबाट शुरु गरेको कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य एकाइले २७ जनामा आरडिटी प्रविधिमार्फत एन्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।

सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, कालिञ्चोक गाउँपालिका–२, बाबरेमा १४ र वडा नं। ३ लामिडाँडाको पोखरेमा ११ गरी कुल २७ जनाको आरडिटी प्रविधिबाट एन्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जानकारी दिए।

भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएका तामाकोशी गाउँपालिकाका एकमहिला र दुई पुरुषको स्वाव परीक्षणका लागि बुधवार नै धुलिखेल अस्पताल पठाइएको उनले बताए । आजसम्म उनीहरुको रिपोर्ट प्राप्त हुने उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?