कोरोना भाइरस: १ लाख ३२ हजार नाघ्यो मृतकको संख्या, कति पुगे संक्रमित ?

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३२ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ३२ हजार ९ सय २२ जनाको ज्यान गइसकेको छ । भने २० लाख ५२ हजार ५ सय ८ जना कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै ५ लाख ८ हजार ३ सय ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै विश्वभर रहेका कोरोना संक्रमित मध्ये ४ प्रतिशत अर्थात ५१ हजार १ सय ७१ जनाको अवस्था गम्भिर रहेको तथ्यांकले देखाएको छ ।

अहिले सम्म विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाईसकेको छ । कोरोनाको कारण अमेरिकामा यो समाचार तयार पार्दासम्म २७ हजार ५ सय ८६ जनाले ज्यान गुमाएका छन् । भने आजमात्रै त्यहाँ १५ हजार ३९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा भाइरसका ६ लाख २२ हजार ९ सय २३ संक्रमित रहेका छन् । आज मात्रै त्यहाँ ९ हजार ३७ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?