काठमाडौं । एशियाली मुलुकमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म १२ हजार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यस्तै ३ लाख ३१ हजार जना संक्रमित भएको पनि समाचारमा जनाइएको छ ।
बुधबारमात्रै एशियाली मुलुकमा कोरोनाबाट २८२ जनाको मृत्यु भएको छ । हालसम्म एशियामा सर्वाधिक इरानमा मानवीय क्षति भएको छ ।
इरानमा हालसम्म ४ हजार ७७७ जनाको मृत्यु हँदा त्यसपछि चीनमा ३ हजार ३४२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया