ठूलो संख्यामा नेपाली रहेको खाडी मुलुक र मलेसियामा यस्तो छ कोभिड १९ को असर

काठमाडौं । कोरोना भाइरस (कोभिड १९( को प्रभाव मलेसिया र खाडी राष्ट्रमा पनि परेको छ । कोरोनाका कारण अघिकांश देश आंशिकदेखि पूर्ण लकडाउनको अवस्था रहेको छ । ती देशहरुमा नेपालीहरुको ठूलो संख्यमा उपस्थिति रहेको छ भने कतिपय समस्यामा समेत पर्न थालेका छन् ।

मलेसियामा हालसम्म ५ हजार ७२ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म ३ जनाको मृत्यु भएको छ । यस्तै युएईम २ जनाको मृत्यु हुँदा ४ हजार ९३३ जनामा बुधबारसम्म संक्रमण पुष्टि भएको छ ।

यसैगरी कतारमा ३ हजार ७११ जनामा संक्रमण पुष्टि हुँदा ७ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी बहराइनमा १६७१ जन संक्रमित हुँदा ७ जनाको ज्यान गएको छ भने कुवेतमा १४०५ जना संक्रमित भएका छन् । कुवेतमा मृतकको संख्या ३ रहेको छ । यसैगरी ओमानमा ९१० जना संक्रमित र ४ जनाको मृत्यु भएको छ ।

यसैबीच साउदी अरबमा ५ हजार ८६२ जना संक्रमित हुँदा ७९ जनाको मृत्यु भएको छ । बुधबारमात्रै सो देशमा ६ जनाको मृत्यु भएको छ । खाडी मुलुकमा सर्वाधिक कोरोनाबाट क्षति साउदीमै पुगेको छ । हालसम्म ती देशमा ३० भन्दा बढी नेपाली संक्रमित भएको खबर छ । यद्यपि सबै देशले आधिकारीक डाटा नदिइसकेकाले सम्बन्धित दूतावासले पनि एकिङ तथ्यांक दिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?