उपचारको दायरा बढाउन ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारलाई ‘घुम्ती परीक्षण शिविर’ सञ्चालनको लागि माग गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरस परीक्षणको लागि हाल सरकारले स्थापना गरेको केन्द्रहरु प्रयाप्त नभएको भन्दै कांग्रेसले त्यसलाई बढवा दिनको लागि माग गरेको हो ।

बुधवार एक विज्ञप्ती जारी गर्दै कोरोना परीक्षणको दायरा निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ्य शिविर’को शैलीमा समुदायसम्म पुर्‍याउन आवश्यक रहेको जनाएको छ ।

‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदायसमक्ष पुर्‍याउन अनिवार्य भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली कांग्रेस गाउॅ तहसम्म ‘घुम्ती परीक्षण शिविर’ चलाउने तयारी तत्काल सुरु गर्न तिनै तहका सरकारलाई युद्धस्तरमा समन्वयसाथ कार्य गर्न अपिल गर्दछ।’

कांग्रेसले कोरोनाको जोखिम सामना गर्न सामग्री, दक्षता र गति बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ। संक्रमणको जोखिम बढेको औल्याउॅदै लकडाउनको समयावधि थप गर्नु स्वाभाविक भएको भन्दै कांग्रेसले लकडाउनसॅगै कोरोनासॅग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसके परास्त गर्न नसकिनेतर्फ सतर्कता उपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?