काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौं महानगरपालिकाको वडा नम्बर–५ को समेत सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनाको र्यापिड टेष्ट भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्यापिड टेष्ट गरेको जानकारी दिए ।
वडा नम्बर–५ का अध्यक्ष रमेश ढंगोलले पनि उउनीहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र उउनीहरुको काम सम्पन्न गरेर पठाएको जानकारी दिए । ‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आउनु भएको थियो । हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भने, ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैकोर्यापिड टेस्ट गर्यौँ । उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’
काठमाडौं क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्यापिड टेष्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । उनले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया