काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुइजनामा कोरोना संक्रमित देखिएसँगै त्यहाँ रहेका अन्यको पनि परीक्षण गरिएको छ । बुधवार गरिएको र्यापिड टेष्ट गरिएको मध्ये २९६ को रिपोर्ट नेगेटिभ आएको छ । भने दुई जनाको पीसीआरका लागि स्वाब पठाइएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।
बुधवार बिहान ९ बजेदेखि त्यहाँ स्वास्थ्य मन्त्रायलबाट परीक्षणका लागि टोली खटिएका थिए । साथै परिक्षण गर्दा ब्लक ए मा रहेका सबैको नतिजा नेगेटिभ आएको थियो ।
त्यहा रहेका एकै परिवारका ३ जनामा गत कोरोना संक्रमणको आशंकामा पाटन हस्पिटल लगिएको थियो । परीक्षण गरिएको मध्ये २ जनामा कोरोना पुष्टि भइ उपचार भइरहेको छ । भने १ जनाको अन्य परिक्षण भइरहेको स्रोतले जनाएको छ । गत चैत ५ गतेमात्र लण्डनबाट फर्किएका उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । आज गरिएको परीक्षणमा उनीहरुको घरमा काम गर्ने दुई युवाको रिपोर्ट पनि नेगेटिभ देखिएको जनाइएको छ ।
प्रमुख थापाका अनुसार करिब ३ सय जनाको परीक्षणा गरिएको थियो । भने बाँकी रहेका मानिसहरुको भने भोलि परीक्षण गरिने पनि नगरप्रमुख थापाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया