काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले जो बिडेनलाई राष्ट्रपति पदको उम्मेद्वारीको औपचारिक समर्थन गरेका छन् ।
उनको समर्थन गर्दै पूर्व राष्ट्रपति ओबामाले बिडेन अमेरिकाको राष्ट्रपतिका लागि योग्य रहेको बताएका छन् । बिडेन ओबामाको राष्ट्रपति कार्यकालमा लामो समय उपराष्ट्रपति बनेका थिए ।
ओबामाले बिडेनको समर्थन गर्दै भने, ‘बिडेनसँग लामो समयको अनुभव छ, साथै अमेरिकाको यो कठिन समयमा लड्न सक्ने क्षमता पनि उनमा रहेको छ, त्यसैले उनले अमेरिकालाई मार्गदर्शन गराउन सक्छन् ।’
साथै ओबामाले बिडेनमा राष्ट्रपति हुने सबै गुण रहेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया