सांसद पनि क्वारेन्टाइनमा !

एलपी पौडेल / सुर्खेत । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सहयोगका रूपमा पिपिई, मास्क र पञ्जा लिएर सुर्खेतबाट डोल्पा पुगेकि कर्णाली प्रदेशसभा सदस्य क्वारेन्टाइनमा रहेकी छन् ।

कर्णाली प्रदेशसभा सदस्य बदमी क्वारी बोहोरा १० दिनदेखि डोल्पाको क्वारेन्टिनमा बसिरहेकी हुन् ।

उनी गएको चैत २४ गतेदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा रहेको क्वारेन्टाइनमा बसिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरीले जानकारी दिए।

सांसद् बोहराका छोरापनि आमासँगै क्नारेन्टाइनमम छन्।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले नगरपालिकाले बाहिरबाट आएका जोकोहीलाई पनि कडाईका साथ क्वारेन्टिनमा राख्ने गरेकोले उनिहरूलाई पनि राखिएको बताए । मेयर बुढाले जतिसुकै ठुलो पदमा रहेकाहरूलाई पनि रोगले सानो ठुलो नचिन्ने भन्दै यसो गरिएको बताउँदै क्वारेन्टाइनमा सबैलाई सुविधाजनक र सम्मानजनक तरिकाले राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?