ट्वीटरद्धारा चिनियाँ दूतावासको अकाउण्ट ‘सस्पेन्ड’

काठमाडौं । श्रींलकास्थित चिनियाँ दूतावासको औपचारिक ट्वीटर अकाण्ट @ChinaEmbSL ‘ससपेन्ड’ गरिएको छ । ट्वीटर सञ्चालनको नियमहरु उल्लंघन गरेकोले अकाउण्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । यद्यपि खास के कारणले अकाउण्ट बन्द गरिएकोे भने बताइएको छैन् ।

तर केही दिनदेखी चिनियाँ दूतावासको ट्वीटर ह्याण्टलबाट केही प्रयोगकर्तामाथि वाक युद्ध छेडिएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चीनमाथि कोरोनाभाईरस फैलाएको आरोप लगाउने ट्वीटर प्रयोगकर्तामाथि दूतावासको ह्याण्डलबाट शाब्दिक आक्रमण हुनथालेको बुझिएको छ । दूतावासद्धारा गैर–कुटनीतिक शब्दको पनि प्रयोग गरिएको आरोप लगाइएको छ ।

दूतावासका प्रवक्ताले भने अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्ने ट्वीटरले आफ्नो अकाउण्ट बन्द गरेको भन्दै ट्वीटरमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

गत हप्ता दूतावासले श्रीलंकाको एक मुख्य पत्रिकाले कोरोनाबारे छापिएको एक आलेखलाई लिएर दुई पत्रकार विरुद्ध व्यक्तिगत रुपमा सार्वजनिक टिप्पणी गरेको थियो ।

विभिन्न देशमा रहेका चिनियाँ दूतावासहरु यसरी सञ्चार माध्यममाथि खनिएको भने यो पहिलो पटक होइन् । यसअघि अष्ट्रेलियास्थित चिनियाँ दूतावासले त्यहाँको मूख्य पत्रिका द डेली टेलिग्रामलाई पनि सार्वजनिक धम्की दिएको थियो । भने नेपालस्थित चिनियाँ दूतावासले पनि द काठमाडौं पोष्टका पूर्वसम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?