उत्तर कोरिया किन लचक बन्दैछ ? यसो भन्छिन् उसकै पूर्व जासुस

सोल, २४ माघ । दक्षिण कोरियामा हुन लागेको विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिता यतिबेला चासोको विषय बनेको छ । आफ्नो अडानमा सधैं दृढ रहने राष्ट्रको रुपमा पहिचान बनाएको उत्तर कोरिया अचानक आफ्नो छिमेकी देश दक्षिण कोरियासँग सम्बन्ध विस्तारमा अघि बढेपछि सबैले यसलाई शंकाले हेरिरहेका छन् केही मानिसहरुले दुवै देशको सम्बन्ध सुधारको एक जरुरी संकेतको रुपमा लिइरहेका छन्, तर किम ह्विन–हुई यसमा सहमत छैनन् ह्विन–हुई उत्तर कोरियाकै पूर्व जासुस समेत हुन् । दक्षिण कोरियामा सन् १९८८ मा भएको ग्रिष्मकालीन ओलम्पिकको केही महिनाअघि उनले दक्षिण कोरियाली विमानमा बम प्रहार गरेर ११५ जनाको ज्यान लिएकी थिइन् बीबीसीकी लारा बिकरले उनीसँग उत्तर कोरियाको नयाँ कदमबारे तपाईलाई के लाग्छ भनेर प्रश्न सोधेका थिए । त्यसको जवाफमा उनले भनेकी छन्, ‘निसन्देह यो सबै ढोंग हो । उत्तर कोरियाको अन्तिम उद्देश्य आफ्नो परमाणु कार्यक्रमलाई पूरा गर्नु हो । उनीहरुको दिमागमा परमाणु हतियारबाहेक केही पनि छैन । तपाई उत्तर कोरियालाई संवादबाट, मीठो शब्दबाट परिवर्तन गर्न सक्नुहुन्न । मलाई लाग्छ कि दबाबको रणनीति नै उत्तर कोरियामाथि फलदायी हुनसक्छ ।’सन् १९८९ मा एक दक्षिण कोरियाली अदालतले ह्विन–हुईलाई मृत्युदण्डको सजाय दिएको थियो । तर राष्ट्रपति रो ते–वूले आममाफी दिएका थिए । ५६ वर्षीया हुई दक्षिण कोरियाको एक गोप्य स्थानमा सुरक्षा गार्डको घेरामा रहेकी छन् । उनलाई उत्तर कोरियाली सरकारले हत्या गर्ने डरका कारण ठूलो सुरक्षा दिइएको हो उनी सम्झिन्छिन्, ‘मलाई म कोरिया एकीकरणको अग्रमोर्चाको सिपाई होस् भनिएको थियो । मलाई दक्षिण कोरियालाई एक क्रान्तिकारीका रुपमा मुक्त गराउने कुराले गर्व अनुभूति भएको थियो । उनलाई अहिले भने आफ्नो सो कामप्रति पश्चाताप छ उनले भनिन्, ‘तर मैले यो केवल हत्या गराउनका लागि भनेको महसुस गरे । त्यो एक सानो जापानी रेडियो थियो, त्यसमा डेटोनेटर जडान गरे । त्यसको एक साइडमा प्लास्टिकको व्यापमा लिक्विड बम थियो। जसलाई मैले विमानमा राखिदिएकी थिए ।’यो हमला ह्विन–हुईले एक पुरुष साथीसँग मिलेर गराएकी थिइन् । दुवै जनालाई पक्राउ गरिएपछि उनले साइनाइडसहितको चुरोट खाएका थिए । उनका साथीको मृत्यु भयो, तर उनी बाँच्न सफल भइन् त्यसपछि उनलाई मिडियामा देखाइएको थियो । त्यहाँ नै उनले टेलिभिजन क्यामेराका अघि आफ्नो गल्ती स्वीकार गरेकी थिइन् उनी भन्छिन्, ‘उत्तर कोरियामा हामी दक्षिण कोरिया अमेरिकाको एक गरिब र भ्रष्ट उपनिबेश भएको सम्झन्थ्यौं । हामीलाई यो देश हाम्रो शत्रु भएको र हामी एउटै आकाशमुनी योसँग बस्न सक्दैनौं भन्ने ठान्थ्यौं ।’ह्विन–हुईले पछि दक्षिण कोरियाका एक गुप्तचरअधिकारीसँग विवाह गरिन् र उनका २ जना बच्चा रहेका छन् । उनका बच्चाहरु भने उनको यो कहानी जान्ने भइसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?