बालुवाटारमा मन्त्रिपरिषद्को बैठक, लकडाउन लम्ब्याउने तयारी

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ बाट गरेको लकडाउन बुधबार सकिँदैछ । भाइरस फैलिने नदिन उत्तम विकल्प लकडाउन भएकाले सरकारले उक्त कदम चालेको हो ।

अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आज मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने स्रोतले बताएको छ । स्रोतका अनुसार बैठकले कम्तिमा एकसाता थप्ने र लकडाउन थप कडा बनाउने तयारी छ । कोरोना भाइरस संक्रमितको संख्या धमाधम देखिन थालेपछि अन्य विकल्प नभएपछि सरकारले लकडाउनलाई नै निरन्तरता दिन लागेको हो ।

कोभिड १९ उच्चस्तरीय समन्वय समितिको सुझावको आधारमा मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयसीमा थप्ने तयारी गरिएको हो । हालसम्म १४ जना संक्रमित रहेको र धेरै संकास्पद बिरामी रहेकाले कम्तिमा पनि १४ दिन लकडाउन लम्ब्याउनुपर्ने देखिएको छ । तर, सरकार भने अहिले एक साता समय थपेर अघि बढ्ने मनसायमा रहेका छ।

लकडाउनका कारण मजदूरहरु समस्यामा परेको अवस्थामा उनीहरुको हितमा सरकारले के निर्णय गर्छ भन्ने पनि चासोको विषय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?