भारतमा फेरि लकडाउनको समय ३ हप्ता थपियो

काठमाडौं । कोरोनाको जोखिम न्यूनिकरणका लागि भारतमा लकडाउनको समय लम्ब्याइएको छ । भारतले पुन ३ साताको लागि लकडाउन थपेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताए ।

उक्त सम्बोधनका क्रममा मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।

यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार अर्थात अप्रिल १५ गतेसम्मको लागि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?