कोभिड १९ का ७१ हजार नयाँ संक्रमित, ५१ हजारको अवस्था गम्भीर

काठमाडौं । विश्वभर कोभिड १९ का ७१ हजार ५९१ नयाँ संक्रमित फेला परेका छन् ।सोमबार सो संख्यामा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेको वर्ल्डोमिटरले जनाएको छ । यस्तै हालसम्म ५१ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै ४ लाख ४४ हजार जना भने निको भएर घर फर्किसकेका छन् ।
हालसम्म विश्वभर १९ लाख २३ हजार बढीमा संक्रमण देखिएको छ भने मृतकको संख्या १ लाख १९ हजार ६१८ जना पुगेको छ ।
यस्तै कोभिड १९ बाट सोमबार विश्वभर ५ हजार ४२३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा मात्रै १५ सय ३५ जना रहेका छन् ।
यस्तै स्पेन, इटाली, फा्रन्स र युकेमा पनि क्रमशः ५४७, ५६६, ५७५ र ७१७ जनाकाृ मउत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?