खान नपाएर यस्तो हालतमा पशुपतिका बाँदर

अरू वेला चुलबुल स्वभाव देखाउने बाँदर शान्त भएर बसेका छन् ।
केही पर्खाल र रुखमा अडिएर नियालिरहेका छन् भने केही यसै वरपर गरेर छटपटाइरहेका छन् । फोहोर प्लास्टिक, बोतल, कागज र पातमा केही खानेकुरा भेटिएला कि भन्ने भावमा च्यातचुत पारिरहेकाछन् ।
भागदौड गरिरहने बाँदरका झुन्ड अहिले फुटेर एक्लै–एक्लै टोलाइरहेका छन् ।
यो दृश्य र गतिविधि पशुपति मन्दिरआसपास रहेका बाँदरहरूको हो । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले
लकडाउन गरेपछि मन्दिर सुनसान बनेको छ । मन्दिरमा भक्तजन आउँदा र आसपासमा पसल खुला हुँदा खोसेरै भए पनि भोक मेटाउने बाँदर अहिले आहार नपाउँदा झोक्राएर बसेका छन् । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?