३१ सय महिलाले पाए सहुलियत ऋण

१५ महिनामा करिब ३ हजार १ सय जना महिला उद्यमीले सहुलियत ब्याजदरको ऋण सुविधा पाएका छन् ।

गत असारको तुलनामा यो करिब ३ गुणा (२ सय ९५ प्रतिशत) हबढी हो । राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि गत माघसम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो यो ।

सरकारले ब्याज अनुदान दिने नौ प्रकारका कर्जामध्ये कृषिबाहेक सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी नै भएको कान्तिपुर दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?