काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म १ लाख १८ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ । भने भने १९ लाख १५ हजार १४९ जनामा कोरोनाको संक्रमण रहेको छ ।
त्यस्तै ४ लाख ४१ हजार २३२ जना उपचार पछि निको भएका छन् । त्यस्तै ५१ हजार ७२० जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोना महामारीका कारण अत्याधिक प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म २३ हजार ४ सय १४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५ लाख ८२ हजार ६५ जनामा संक्रमण रहेको छ ।
आज मात्रै अमेरिकामा २७ सय ९ जना नयाँ संक्रमित फेला परेका छन् भने आजै ७३८ जनाको ज्यान गएको छ । कोरोनाको कारण अमेरिकामा ११ हजार ८०७ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यसैगरि कोरोनाको कारण इटालीमा २० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ । यस्तै कोरोनाको उद्गम देश चीनमा ३ हजार ३ सय ४१ को मृत्यु भएको छ, भने ११ सय ५६ जनाको उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया