एलपी पौडेल । सुर्खेत । विश्व यतिबेला महामारी विरूद्व लडिरहेको छ । कोभिड(१९ अर्थात कोरोना भाइरसले विश्व आक्रान्त बनेको छ । यसबाट नेपाल अछुतो रहन सकेको छैन । नेपाल पनि कोरोना भाइरसविरूद्व लडिरहेको समयमा जन्मिएका बच्चाको नाम नै ‘कोरोना’ र ‘भाइरस’ राखिएको छ ।
हुम्लाको सिमीकोट गाउँपालिकामा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको हो। सिमीकोट गाँउपालिका-८ याङ्गकी विरमता शाहीले सोमवार जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस रखिएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी सरिता बोहराका अनुसार पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको छ ।
बच्चाका आमा बुबाले नै बच्चाहरूको नाम कोरोना र भाइरस राखिएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको प्रसूति गृहमा आमा र बच्चा रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया