काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा यस वर्ष राष्ट्रपति पदको चुनाव हुने भनिएको छ । राष्ट्रपति पदका लागि ठूलो राजनीति भईरहेको छ ।
यसैबीच डेमोक्रेट्सको तर्फबाट राष्ट्रपति बन्न उम्मेद्वार दिन लागेका जो बिडेनलाई यौन शोषणको आरोप लागेको छ । उनकी साथी एक महिलाकर्मीले उनीमाथि यो आरोप लगाएकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, तारा रेडी नामकी ति महिलाले बिडेनले सन् १९९३ मा आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी हुन् ।
ताराले बिडेनमाथि उक्त आरोप लगाउँदै मुद्दा दर्ता गराएकी छन् । गएको वर्ष पनि ताराले बिडेनमाथि आफूलाई नराम्रो प्रकारले छोएको आरोप लगाएकी थिइन् ।
गत वर्ष उनको आरोप निराधार रहेको बताइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया