बझाङ । स्थानिय निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका शिबराज बोहराले एक सय अति विपन्न घरधुरी दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ । स्थानिय निर्वाचनमा बझाङको मष्टा गाउँपालिकाको अध्यक्षमा पराजित भएका शिबराज बोहराले मष्टा गाउँपालिका ६ का अति विपन्न एक सय घरधुरी दलित परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो ।
बिश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको बेला सरकारले लामो समयसम्म लकडाउन घोषणा गरेपछि भोकमरीमा परेका मष्टा गाउँपालिका ६ का अति विपन्न दलित घरपरिवारलाई राहात स्वरुप ८ सय किलोग्राम चामल वितरण गरेको स्थानिय जग बहादुर आग्रीले बताए । लकडाउनले गर्दा घरमा चामल सकिएर बिहान बेलुकाको छाक टार्न समस्या भइरहेका बेला बोहराले खाद्यान्न बितरण गर्दा गाउँलेहरुमा खुसी छाएको उनको भनाइ छ ।
बोहराले शनिबार मष्ट्रा गाउँपालिका ६ का वडा अध्यक्ष गोरख बोहरासँग समन्वय गरी अति विपन्न घर परिवारको तथ्यांक संङकलन गरी खाद्यान्न वितरण गरेको थियो ।
सरकारले लकडाउन घोषणा गरेपछि छाक टार्न समस्या भएका अति विपन्न एक सय दलित परीवारलाई स्थानिय सरकार सँग समन्वय गरी ८ सय किलोग्राम चामल बितरण गरेको शिवराज बोहराले बताए । विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको बेला सरकारले लकडाउन घोषणा गरेपछि बिहान–बेलुकाको छाक टार्न समेत समस्या भएका घरधुरीको पहिचान गरी खाद्यान्न बितरण गरेको उनको भनाइ छ ।
जिल्लामा लकडाउनले गर्दा जिल्लामा छाक टार्न समस्या भएकाहरुको पहिचान गरी स्थानिय सरकारले पनि राहात बितरण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया