काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वमै ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म ३३१ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८० जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै ९ हजार २०५ जनालाई संक्रमण भएको छ । भारतमा आईतवार मात्रै कोरेना भाइरसका ७५९नयाँ संक्रमित पाइएका छन् ।
त्यस्तै आईतवार नै भारतमा ४३ जनाले ज्यान गुमाएका छन् । यसैबीच कोरोना भाइरसका कारण विश्वमा यो समाचार तयार पार्दासम्म १ लाख १४ हजार २४७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५३ हजार १५५ पुगेको छ ।
त्यस्तै ४ लाख २३ हजार ६२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् । विश्वमा ५० हजार ८५३ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया