कोरोनाको प्रकोप : अमेरिकामा आईतवार मात्रै १५०० बढीको मृत्यु, एकैदिन २८ हजारले बढे संक्रमित

काठमाडौं । कोरोना भाइरुसको महामारी विश्वका २१० देशहरुमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख १४ हजार २४७ जनाले ज्यान गुमाएका छन् भने १८ लाख ५३ हजार १५५ जनालाई कोरोनाको संक्रमण भएको छ । त्यस्तै ४ लाख २३ हजार ६२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

विश्वमा महामारीका कारण ५० हजार ८५३ जनाको अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको महामारीबाट अत्याधिक प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म २२ हजार ११५ जनाले ज्यान गुमाईसकेका छन् भने ५ लाख ६० हजार ४३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आजमात्रै कोरोना भाइरसका कारण थप १० जनाले ज्यान गुमाईसकेका छन् भने यो समाचार तयार पार्दासम्म थप १३३ जना नयाँ संक्रमित पाइएको छ ।

अमेरिकामा ११ हजार ७६६ जनाको स्वास्थय अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमात्रै अहिलेसम्म ९ हजार ३८५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ८९ हजार ४१५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म २ हजार ३५० जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या ६१ हजार ८५० रहेको छ ।

क्यालिफोर्नियामा अहिलेसम्म ६८१ जनाले ज्यान गुमाएका छन् । आज मात्रै त्यहाँ थप ७ जनाको ज्यान गईसकेको छ । त्यस्तै मिशिगनमा १ हजार ४८७ जनाले ज्यान गुमाईसकेका छन् ।

अमेरिकामा आइतवार मात्रै २७ हजार ४२१ नयाँ संक्रमित पाइएका छन् भने आईतवार नै अमेरिकामा १ हजार ५२८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?