कोरोना अपडेट : विश्वमा आजमात्रै ३४ सय बढीको मृत्यु, झनै बढे संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख १२ हजार २३२ जनाको ज्यान गएको छ भने १८ लाख ११ हजार ९९२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै ४ लाख १५ हजार १३१ जना उपचार पछि निको भएर घर गएका छन् । त्यस्तै विश्वभर ५० हजार ६५० जनाको अवस्था गम्भीर छ ।

आज मात्रै विश्वमा ३ हजार ४५३ जनाले ज्यान गुमाएका छन् भने ३२ हजार २४९ जनामा आजमात्रै संक्रमण पाइएको छ ।

त्यस्तै विश्वकै अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म २१ हजार ४१८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म १६हजार ९७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म १९ हजार ८९९ जनाले ज्यान गुमाउँदा फ्रान्समा अहिलेसम्म १३ हजार ८३२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बेलायतमा १० हजार ६१२, जर्मनीमा २ हजार ९०७, चीनमा ३ हजार ३३९, ईरानमा ४ हजार ४७४, टर्कीमा १ हजार १०१, बेल्जियममा ३ हजार ६००, नेदरल्उयाण्ड्समा २ हजार ७३७, स्विट्जरल्याण्डमा १ हजार ८९, क्यानडामा ६७४, ब्राजिलमा १ हजार १४४ र पोर्चुगलमा ५०४ जनाले ज्यान गुमाईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?