वीरगञ्ज । महानगरपालिका भित्र नै रहेका ३ जनामा कोरोना संक्रमण देखिएपछि वीरगन्जमा जिल्ला प्रशासन, प्रहरी लगायत सरोकारवाला निकायले आकस्मिक बैठक बसेको छ ।
संक्रमितहरु लामो समयसम्म संक्रमित व्यक्तिहरु त्यहि क्षेत्रमा बसोवास गरिरहेका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त क्षेत्रलाई सिल गर्ने लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्त नेतृत्वको टोलीले सिल गर्नुपर्ने क्षेत्रको पहिचानमा लागेको जनाइएको छ ।
मस्जिद क्षेत्र सिलसँगै वीरगन्जबाट आउजाउ हुने अन्य अतिआवश्यक सवारी पनि नियन्त्रण गर्ने छलफल बैठकमा गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया