काठमाडौं – मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलाका अध्यापक र कर्मचारीले सयुक्त रुपमा धुनिवेशी नगरपालिकाले स्थापना गरेको विपत् व्यवस्थापन कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकमा रहेको नगरपालिकाको खातामा रकम जम्मा गरेको भौचर नगर प्रमुख बालकृष्ण आचार्यलाई हस्तान्तरण गर्दै क्याम्पस प्रमुख प्रमोद पाठकले प्राध्यापक तथा कर्मचारीहरुको समूहले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु आम नागरिकको दायित्व भएको भन्दै आफूहरुले नगरपालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । अध्यापक र कर्मचारीले यो विपत्को घडीमा आम नगरबासी, तथा देशबासीहरुलाई पनि आ आफ्नो स्थानबाट हरेक प्रकारका सहयोग गरि सङ्कटको यस घडीमा राष्ट्र सेवामा समर्पित हुन आग्रह समेत गरेका छन् ।
कर्मचारीले भने, “सहयोग भन्नाले नगद र जिन्सी मात्रै नभइ राज्यले सञ्चालन गरेको हरेक कार्यमा सहभागी भइ इमान्दार नागरिकको भूमिका निर्वाह गरी सभ्य नागरिकको परिचय दिन आग्रह गर्छौ ।”
अध्यापक तथा कर्मचारीले हस्तान्तरण गरेको रकम बुझ्दै धुनिबेशी नगरपालिकाका नगरप्रमुख श्री बालकृष्ण आचार्यले विपत्तिको बेलामा समस्यामा रहेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाह्रय वर्गलाई सहयोग पुगोस् भनी नगरपालिकालाई सहयोग गरेकोमा मच्छिन्द्र बहुमुखी क्याम्पस परिवारलाई हृदयदेखि आभार व्यक्त गर्दै अन्य संघसंस्थालाई यो सकारात्मक सन्देश हुने बताए ।
गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरस यतिबेला विश्वका २ सय १० देशमा फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस ‘कोभिड -१९’ बाट ज्यान गुमाउनेको संख्या १ लाख ९ हजार १६ जना पुगेको छ भने संक्रमितको संख्या १७ लाख ८४ हजार ९ सय १५ जना पुगेको छ । यस्तै कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या ४ लाख ५ हजार १ सय २६ छ ।
हालसम्म नेपालमा १२ जनामा कोरोना संक्रमण भएको छ । ति मध्ये एकजना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् भने बाँकी ११ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ । नेपालमा आईतबार थपिएका ३ संक्रमित भारतीय नागरिक हुन् ।
कोरोना र यसको महामारीबाट बच्न सरकारले देशभर लकडाउन गरेको आईतबार २० दिन पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया