घरमै पुगेर परीक्षण

काठमाडौं । धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच शुरु गरेको छ ।

शुक्रवार वडा नं १२ बाट शुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिवार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ ।

उपमहानगरपालिकाले भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९, वडा नं ६ मा १९ , वडा नं १३ मा एक, वडा नं ७ मा २० जनाको नमूना परीक्षण गर्न स्वास्थ्यकर्मीहरु घरमै पुगेर गरेका छन् । परीक्षण गरिएकाको रिपार्ट नेगेटिभ भेटिएको छ ।

यसैबीच उपमहानगरपालिकाले हालसम्म लकडाउनका कारण छाक टार्न समस्या भएका ४ हजार एक सय ६७ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

पालिकाले सर्वदलीय सहमतिका आधारमा दैनिक ज्यालादारी काम गरेर खाने मजदुर, असहाय, एकल महिला, भाडामा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?