गर्भवतीको उद्धार

डोल्पा । सुत्केरी हुन नसकेर समस्यमा परेकी त्रिपुरासुन्दरी नगरपालिका-४ डोल्पाकी पन्चरुपा धरलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी डोल्पाबाट सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

नगरपालिकाबाट डोल्पा स्वास्थ्य सेवा कार्यालय दुनैमा लान ढिला भएकोले उनको पेटभित्रको बच्चाको निधन भएको प्रजिअ सुनारले जनाए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?