अमेरिकाको १ अस्पतालका १२ सय कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालमा कार्यरत १ हजार १ सय ७५ जनामा सय कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

न्यूयोर्कस्थित लङ आइल्यान्डका अस्पतालमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण पछिल्लो समय उक्त टापूमा तिव्र फैलिरहेको छ ।

साथै उक्त अस्पतालका नर्स तथा उनीहरुको प्रतिनिधित्व गर्ने संस्थाले निरन्तर सुरक्षा उपकरणको अभाव भएको बताउँदै आइरहेका थिए ।

त्यहाँको स्टोनी ब्रुक युनिभर्सिटी अस्पताल र नर्थवेल हेल्थले नास्साउ काउन्टीमा सञ्चालन गरेका ठूला संरचनासहितका अन्य १३ अस्पतालहरुले न्युज डेलाई उपलब्ध गराएको विवरणअनुसार ठुलो संख्याका कर्मचारीमा कोरोना संक्रमण पाइएको जनाइएको छ ।

तर त्यससँग आवद्ध एनवाईयु विन्थरोप र गुड सामरिटनसहित ८ वटा अस्पतालले भने तथ्याङ्क उपलब्ध गराएका छैनन् । यसको अर्थ कुल संक्रमितको संख्या १२ सयभन्दा पनि बढी हुनसक्ने अनुमान गरिएको छ ।

पोजेटिभ देखिएका स्टाफलाई ७२ घण्टासम्म ज्वरो नदेखिए पुन परीक्षण नगरी काममा फर्काइने गरिएको अस्पतालका अधिकारीहरुले बताएका छन् ।

डिस्पोजेवल मास्क तथा गाउन पुन प्रयोग गर्नका लागि दिइएको निर्देशनले खतरा थपेको र थप संक्रमण बढेको नर्स तथा उनीहरुको प्रतिनिधित्व गर्ने यूनियनको भनाई रहेको छ ।

‘हामी निकै भयभीत छौं,’ नर्थवेल्सस्थित लङ आइल्यान्ड जेविस भ्याली स्ट्रिमकी रजिस्टर्ड नर्स तथा न्युयोर्क राज्य नर्स एशोसियनकी दक्षिणपूर्वी क्षेत्रीय निर्देशक यास्माइन बोसिजरले भनिन्,‘हामी हाम्रो र परिवारको लागि चिन्तित छौं । कतै हामीले उनीहरुलाई संक्रमित त गरेका छैनौं ।’

अमेरिकी सञ्चारमाध्ययमले जनाए अनुसार स्टोनी ब्रुकमा झन्डै २ सय २० कर्मचारी संक्रमित रहेका छन् । भने हन्टिङटन अस्पताल र साउथ साइड अस्पतालमा १ सयभन्दा केही कम र पिकोनिक बेइ अस्पतालमा २७ जना कर्मचारी संक्रमित रहेको न्यूजडेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?