ट्रम्पको कठोर निर्णय : आफ्नो देशका नागरिक लान नखोज्ने देशहरुमाथि भिसा प्रतिबन्ध

कठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ विश्वकै महामारीको बेला आफ्ना नागरिकलाई स्वदेश बोलाउन इन्कार गर्ने तथा ढिलासुस्ती गर्ने देशहरुका नागरिकहरुलाई भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेको छन् ।

शुक्रवार राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्ना नागरिकहरुलाई तत्काल लान नमान्ने देशहरुका नागरिकहरुको भिसामा प्रतिबन्ध गर्ने निर्णय गरेका हुन् ।

उनले ज्ञापन पत्रमा भने, ‘जुन देशले आफ्ना नागरिकहरु वा यहाँ बस्नेहरुलाई लान इन्कार तथा ढिलासुस्ती गर्दछ, वा बिना कारण ढिला गरिरहेको छ, उनीहरुले अमेरिकामा स्वास्थ्य खतरा पैदा गरिरहेका छन् र यो अमेरिकालाई अस्वीकार्य छ ।’

गृह सुरक्षा मन्त्री तथा विदेश मन्त्रीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको कानूनलाई उल्लंघन गर्ने विदेशीहरुलाई स्वदेश पठाउने बताएका हुन् ।

उनले भने, ‘अमेरिकाको नियम उल्लंघन गर्नेहरुलाई देशले उनीहरुको देशमा खबर गर्नेछ । त्यसको ७ दिनभित्र देशले आफ्ना नागरिक लिन आएन भने उनीहरुको भिसामा प्रतिबन्ध लाग्नेछ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?