कोरोना भाइरस : फ्रान्समा १३ हजार बढीको मृत्यु, एकैदिन ९ सय भन्दा धेरैको ज्यान गयो

काठमाडौं । विश्वमा महामारीको रुप लिएर सबैलाई ग्रस्त बनाएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ७३४ जनाले ज्यान गुमाएका छन् भने १६ लाख ९९ हजार ६३२ जनालाई संक्रमण भएको छ । त्यस्तै ३ लाख ७६ हजार ३३० जना उपचार पछि घर फर्किएका छन् ।

यसैबीच कोरोना भाइरसको महामारीबाट प्रताडित देश फ्रान्समा यो समाचार तयार पार्दासम्म १३ हजार १९७ जनाले ज्यान गुमाएका छन् भने १ लाख २४ हजार ८६९ जनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

फ्रान्समा ७ हजार ४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्स गएको २४ घण्टामा अर्थात् शुक्रवार मात्रै कोरोना भाइरसका थप ७ हजार १२० जना संक्रमित भेटिएका छन् भने शुक्रवार नै फ्रान्समा ९८७ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?