काठमाडौं । कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ७३४ जनाको ज्यान गएको छ भने ३ लाख ७६ हजार ३२७ जना उपचार पछि निको भएका छन् ।
त्यस्तै १६ लाख ९९ हजार ६३१ जनालाई संक्रमण भएको छ । यसैबीच कोरोनाले ग्रस्त भएको स्पेनमा यो समाचार तयार पार्दासम्म १६ हजार ८१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ५८ हजार २७३ जनालाई कोरोनाको संक्रमण भएको छ ।
त्यस्तै ५५ हजार ६६८ जना उपचार पछि निको भएका छन् । त्यस्तै कोरोना भाइरसका कारण स्पेनमा ७ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
शुक्रवार मात्रै स्पेनमा कोरोनाका ५ हजार ५१ जना नयाँ संक्रमित भेटिएको छ । साथै शुक्रवार एक दिनमा स्पेनमा ज्यान गुमाउनेको संख्या ६३४ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया